Erani Mahal
पाल्पामा थप ८ जनामा कोरोना देखियो
corona-virus-covid-19
पाल्पा- जिल्लामा पछिल्लो एक हप्तामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार ६ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यस संगै कोरोना संक्रमण हुनेको कुल संख्या १ हजार ९ सय २८ पुगेको छ । अहिलेसम्म कोरोना निको हुनेको संख्या १ हजार ८ सय ६९ जना रहेको छ भने ३५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update