Erani Mahal
सामसुङ ग्यालेक्सी एस २१ स्मार्टफोन : यस्ता छन् विशेषता
Galaxy-S-21
काठमाडौं । सामसुङले आफ्नो ग्यालेक्सी एस २१ सिरिजका स्मार्टफोन लञ्च गरेको छ । एक अनलाइन इभेन्ट मार्फत् सामसुङले ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ प्लस र ग्यालेक्सी एस २१ अल्ट्रा गरी तीनवटा स्मार्टफोन सार्वजनिक गरेको हो । सामसुङका अनुसार ग्यालेक्सी एस २१ मा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिको चिपको प्रयोग गरिएको छ । ग्यालेक्सी एस २१ मा स्नापड्रागन ८८८ तथा एक्जीनोस २१०० चिपको प्रयोग भएको छ । ग्यालेक्सी एस २१ मा ट्रिपल क्यामरा सेटअप रहेको छ । ग्यालेक्सी एस २१ Phantom Violet, Phantom Pink, Phantom Gray, Phantom White गरी चार रङमा उपलब्ध हुनेछ । त्यस्तै ग्यालेक्सी एस २१ प्लस Silver, Black, Violet रङमा उपलब्ध हुनेछ । ग्यालेक्सी एस २१ को स्क्रिन साइज ६.२ इन्च छ । त्यस्तै एस २१ प्लसको ६.७ इन्च र एस २१ अल्ट्राको स्क्रिन साइज ६.८ इन्चको रहेको छ । ग्यालेक्सी एस २१ दुई मोडेलमा हुनेछ । एउटामा ८ जिबी प्रोसेसर र १२८ जिबीको इन्टर्नल मेमोरी हुनेछ भने अर्कोमा ८ जिबीको प्रोसेसर र २५६ जिबीको इन्टर्नल मेमोरी रहनेछ । त्यस्तै एस २१ प्लस पनि सोही प्रकारले दुई मोडेलमा उपलब्ध रहनेछ । ग्यालेक्सी एस २१ अल्ट्रा चाहिँ १२ जिबीको प्रोसेर र २५६ जिबीको इन्टर्नल मेमोरी तथा १६ जिबीको प्रोसेसर र ५१२ जिबीको इन्टर्नल मेमोरी सहितका दुई मोडेलमा उपलब्ध हुनेछ । क्यामराको कुरा गर्दा ग्यालेक्सी एस २१ र एस २१ प्लसमा तीनवटा मुख्य क्यामरा हुनेछन् ।
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update