Erani Mahal
भैसीपालक किसानलाई प्रोत्साहित गर्दै रिब्दीकोट गाउँपालिका
Bhaisir-
पाल्पा– जिल्लाको रिब्दीकोट गाउँपालिकाले भैंसीपालन किसानलाई प्रोत्साहित गरेको छ । पालिकाले भैसीपालन र दुध ढुवानीमा अनुदान उपलव्ध गरेर व्यवसायिक बनाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभो । उहाँका अनुसार रिब्दीकोट ९० हजार रुपैंया सम्मको भैंसीमा ५० प्रतिशत अनुदान दिने भएपछी भैंसीपालन तर्फ किसानहरु उत्साहित भएका हुन् । गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले गाउँपालिकाले ढुवानीका लागि भनेर दुधमा प्रतिलिटर २ रुपैंया अनुदान समेत दिएको बताउनुभयो । अहिले प्रति लिटर ७५ देखी ८० रुपैयामा दुध बिक्री भैरहेको छ । भैसीपालन गर्दा थोरै श्रम शक्तिवाट धेरै लाभ लिन सकिने भएकाले गाउँपालिकाले भैंसीपालनमा अनुदानको कार्यक्रम ल्याएको जिसीको भनाई छ । रिब्दीकोट गाउँपालिका कृषि शाखाका रञ्जिव कुँवरले गाउँपालिकाले ८८ जना कृषकलाई भैंसीमा अनुदान दिईसकेको बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update