Erani Mahal
संवैधानिक परिषद्को नियुक्तिको विरोधमा आम हड्ताल !
ne
पाल्पा- सरकारले एकतर्फी रुपमा संवैधानिक परिषद्को नियुक्ति गरेको विरोधमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले भोली आम हड्तालको घोषणा गरेको छ । पार्टीले पाल्पा सहित देशव्यपापी रुपमा आमहड्तालको कार्यक्रम गरेको हो । केन्द्रीय सर्कुलर अनुसार पाल्पामा पनि एक प्रेस वक्तव्य जारी गर्दै आमहड्ताल सफल पार्न आग्रह गरिएको छ । जिल्ला सचिव राजेन्द्र विक र कार्यालय सदस्य कमल पाण्डेद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ ः शान्तिपूणर् प्रतिस्प्रर्धाको बाटोबाट निर्वाचन मार्फत सरकार बनाई राज्यको नेतृत्व गरेर सामाजिक, आर्थिक रुपान्तरण गर्ने, सामाजिक न्याय सहितको समृद्धि हाँसिल गर्दै समाजवादका लागि आधार तयार गर्ने अवसर नेकपालाई प्राप्त भएको थियो । तर वर्तमान केपी शर्मा ओली सरकारले प्रतिनिधि सभा विघटनको असंवैधानिक अलोकतान्त्रिक निरंकुश र प्रतिगामी कदम चालेको छ । यतिवेला सबै राजनीतिक पार्टीहरु नागरिक समाज संघ संस्था र आम जनसमुदाय सहित सिंगो देश उक्त असंवैधानिक एवम् प्रतिगामी कदमका विरुद्ध आन्दोलिन रहेको अवस्थामा आज २०७७ माघ २१ गते सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवम् गैर कानूनी ढंगले नियुक्त गरेका संवैधानिधक अंगका पदाधिकारी एवम् सदस्यहरुलाई बल मिच्याई गरी सपथ ग्रहण गराइएको छ । यो कदम अवैधानिक छ । आज सपथ ग्रहण गराउनु निरंकुशता, निर्लज्ताको पराकाष्ठ हो । हाम्रो पार्टी यसको घोर भ्रत्सना गर्दै खारेजीको माग गर्दछ । तसर्थ नेपाल कम्म्यूनिष्ट पार्टी (नेकपा) असंवैधानिक रुपमा गरिएको संवैधानिक अंगहरुका पदाधिकारी र सदस्यहरुको नियुक्तिको कदमको विरोधमा भोली माघ २२ गते देशव्यापी आम हड्ताल आव्हान गरेको छ । आम हड्तालको कार्यक्रमलाई व्यापक सर्मथन एवम् सहभागिता सहित पूणर् रुपमा सफल पार्न पाल्पा जिल्ला स्थित सम्पूणर् राजनीतिक पार्टी, नेता, कार्यकर्ता, पत्रकार, नागरिक समाज, बुद्धिजीवि, शिक्षक, पेशाकर्मी, मजदुर, उद्योगी, व्यवसायी, यातायात व्यवसायी, युवा विद्यार्थी लगायत सम्पूणर् जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update