Erani Mahal
दुई जना मानिस मृत अवस्था फेला
dead_Body
स्याङ्जा - स्याङ्जामा एक पुरुष र एक महिला गरी दुई जना मानिस मृत अवस्था फेला परेका छन् । जिल्लाको गल्याङ नगरपालिकामा एक पुरुष र हरिनास गाउँपालिकामा एक महिला गरी दुई जना मानिस मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । प्रहरीका अनुुसार गल्याङ नगरपालिका वडा नं ५ सेतिबेणीस्थित कालीगण्डकी नदी किनारमा सोही ठाउँ जोगिमारा बस्ने २४ वर्षीय भरत थापा क्षेत्री शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी हरीनास नगरपालिका वडा नं ५ बसन्तडाँडा बस्ने ६४ वर्षीया सेती कमेनी सोही ठाउँस्थित खोल्सामा शनिबार मृत अवस्थामा फेला परेकी छन् । दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update