Erani Mahal
बल्ढेङ्गढीमा ३ सय ९१ क्वीबफिट सालका रूख काटियाे : वन कार्यालय अनुसन्धान गर्दै
mnn
पाल्पा – रैनादेवी छहरा गाउँपालिका–७, बल्ढेङ्गढीस्थित जामुने सामुदायिक वनमा सालका रुख काट्ने व्यक्ति अझै पक्राउ पर्न सकेको छैन । केही दिनअघि उक्त सामुदायिक वनमा सालका रुख काटेपछि डिभिजन वन कार्यालयबाट कर्मचारी खटाएर उक्त स्थानको स्थलगत अनुगमन गरेको छ । रुख काट्ने व्यक्तिका बारेमा वनका कर्मचारी र उपभोक्ता समितिको तर्फबाट अनुसन्धान भएपनि कसले सालका काँचा रुख काटेको हो भन्ने यकिन हुन नसकेको डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले बताउनुभयो । हामी स्थलगत अध्ययन् अनुसन्धानमै छौँ उहाँले भन्नुभयो उपभोक्ता समूहको तर्फबाट पनि अनुसन्धान गर्न समिति बनेको छ तर अहिलेसम्म कसले काटेको पत्ता लागेको छैन । उहाँले उक्त वनमा १८ वटा सालका रुख काटिएको र एउटा रुख काट्दा भाचिएको गरी १९ वटा सालका रुखको क्षति भएको बताउनुभयो । काटिएको रुख ३९१ क्वीब फिट रहेको उहाँले बताउनुभयो । त्यसबाट दाउरा समेत निस्किएको छ । यस क्षेत्रमा काठ तस्कर गर्ने मानिसले रातको समयमा रुख काटेको हुन सक्ने अनुमान गरिएको छ । वन उपभोक्ता समूहका अध्यक्ष डिलबहादुर खाम्चाले भने रुख आफूहरुले काटेको नभई चोरले काटेको जिकिर गर्नुभयो । केही उपभोक्ताले भने मिलेमतोमा रुख काटिएको दावी गरेका छन् । केही दिनअघि जामुने सामुदायिक वनमा नाटकीय रूपमा अल्गा/सग्ला सालका रूख काटिएकाे थियाे ।
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update