Erani Mahal
पाल्पामा थप २० जनामा कोरोना पुष्टि,  कुल संख्या १९ सय २० पुग्यो
Corona_
पाल्पा-पाल्पामा पछिल्लो समषमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार माघ ११ देखी १७ गतेसम्म गरिएकाे परीक्षणमा थप २० जनालाइ कोरोना देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । यसरी थपिएकाहरुमा १५ जना महिला र ५ जना पुरुष रहेका छन् । यससँगै पाल्पामा कोरोना परीक्षण गर्दा पुष्टि हुनेको संख्या १ हजार ९ सय २० पुगेको छ । पाल्पामा सङक्रमित मध्ये १ हजार ८ सय ३९ जना निकाे भएर घर फर्किएका छन् । ३५ जनाकाे मृत्यु भएकाे छ । जिल्लामा अहिलेसम्म ४६ जना सक्रिय सङक्रमितहरू रहेका छन् । जसमध्ये १ हजार १ सय ११ जना समुदायस्तरका रहेकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ ।
प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update