Erani Mahal
रामपुरमा कुलाेमा डुबेर १९ महिने बालककाे मृत्यु
dubera
पाल्पा – जिल्लाको रामपुर नगरपालिकामा एक जना बालकको कुलोमा डुबेर मृत्यु भएको छ । जिल्लाको रामपुर नगरपालिका–५, मटेरी बस्ने योगमाया थापाको १९ महिने छोरा प्रतिम थापाको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार १२ बजे बालकको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । [caption id="attachment_1879" align="alignnone" width="768"] सांकेतिक तस्वीर[/caption]
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update