Erani Mahal
पाल्पाकाे बल्ढेङ्गढीमा काँचा सालका रूख काटिए !
mnn
पाल्पा – पाल्पाको रैनादेवीछहरा गाउँपालिका–७, बल्ढेङगढीमा रहेको जावुने सामुदायिक वनमा काँचा सालका रुख काटिएको छ । बल्ढेङ्गढीको जोगदमारमा पर्ने उक्त सामुदायिक वनमा १७ वटा काँचा सालका रुख काटिएका छन् । समाचार स्रोतका अनुसार जावुने सामुदायिक वन उपभोक्ता समूहकै केही पदाधिकारीको मिलेमतोमा यसै साता काँचा सालका रुख काटिएको हो । चोरले काटेको भन्ने बनाएर अर्को साल धेरै परिमाणमा काठ टेण्डर गर्ने उद्देश्यले रुख काटिएको स्रोतले बताएको छ । एक जना नाम उल्लेख नगर्ने सर्तमा एक उपभोक्ताले उपभोक्ता समितिका केही पदाधिकारीको मिलेमतोमा सालका काँचा रुख काटिएको हो । उक्त सामुदायिक वनका अध्यक्ष डिलबहादुर खाच्चाले भने आफूहरूले रुख नकाटेको दावी गर्नुभयो । चोरले काटेको हुनसक्ने उहाँको भनाई छ । डिभिजन वन कार्यालय, पाल्पाका प्रमुख डा. मोहनप्रसाद पौडेलले भने रुख काटिएको गुनासो आएपछि स्थलगत अनुसन्धान गर्ने कार्य भईरहेको जानकारी दिनुभयो । उहाँले कसले रुख काटेको हो, किन काटेको हो भन्ने विषयमा स्थलगत अनुसन्धान भईरहेको छ पौडेलले भन्नुभयो दोषीमाथि कारबाही हुन्छ । सब डिभिजन वन कार्यालय बल्ढेङ्गढीका प्रमुख प्रदेशी चौधरीले रुख काट्ने दोषीलाई कारवाही गरिने बताउनुभयो । रुख काट्नमा उपभोक्ता समिति दोषी देखिए कारबाही हुने उहाँले बताउनुभयो । तराईतर्फको समतल क्षेत्रमा पर्ने यहाँका सामुदायिक बनमा यसअघि पनि रुख काटिने गरेका थिए । यहाँ ठेकेदारसंगको मिलेमतोमा रुख काट्ने र टेण्डरमार्फत काठ बेच्ने गरिन्छ । जावुने सामुदायिक वनमा यसअघिसम्म छिमेकी गाउँ रुपन्देहीको झिमझिमेका एक ठेकेदारले टेण्डर लिने गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update