Erani Mahal
पाल्पाकाे रामपुर क्षेत्रमा काठ तस्करी बढ्याे : सालका अबैध काठ बरामद !
kath taskarii
पाल्पा – जिल्लाको रामपुरबाट पुन अबैध काठ बरामद गरिएको छ । बिहीबार राति रामपुर–५, पानीबाधा भन्ने स्थानबाट ११० क्वीबफिट सालका चिरान काठ बरामद गरिएको छ । काठको अबैध तस्करी गर्ने तस्करले रातिको समयमा चिरान काठ बाटैमा छाडेर फरार भएको डिभिजन वन कार्यालय पाल्पाका सहायक वन अधिकृत सुजन राजभण्डारीले बताउनुभयो । काठ तस्करले रातको समयमा बाटैमा काठ बेवारिसे छाडेर फरार भएको र थप अनुसन्धान कार्य चलिरहेको उहाँले इरानीमहललाइ बताउनुभयो । केही दिनअघि रामपुर क्षेत्रबाटै अबैध सालका चिरान काठ तस्करी गरेको आरोपमा पाँच जना पक्राउ परेका थिए । काठ तस्करीमा संलग्न हुनेहरु धरौटीमा हाल रिहा भएका छन् । वन कार्यालयका रामपुर–७, बहखोलाबाट अबैध काठसहित मानिस पक्राउ परेका थिए । यो घटना सेलाउन नपाउँदै रामपुरमा पुन लाखौँ रुपियाँ पर्ने काठका साल बरामद हुनुले त्यस क्षेत्रमा काठ तस्करी बढेको अनुमान लगाउन सकिन्छ । पछिल्लो समय वनमा कटान भईसकेका काठ समेत निकासी हुन नपाएका कारण तस्करी बढेको हुन सक्ने वनका कर्मचारीहरुको भनाई छ । केही महिनाअघि पनि रामपुर क्षेत्रमै खोलामा सालका काठ बगाएर तस्करी गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update