Erani Mahal
पाल्पामा पहिलो चरणमा २ हजार डोज कोरोनाको खोप दिइने !
corona_vaccine
पाल्पा- पाल्पामा पहिलो चरणमा अग्रमोर्चामा रहेका २ हजार बढीलाई कोरोना विरुद्धको खोप दिइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पाल्पामा २ हजार २ सय जनाका लागि कोरोना भाइरस बिरुद्वको खोप ल्याइएको छ । खोप बुधवार प्राप्त भएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । पहिलो चरणमा पाल्पा अस्पताल, युनाइटेड मिशन हस्पिटल, लुम्बिनी मेडिकल कलेज र रामपुर अस्पतालबाट डाक्टर, तानसेन नगरपालिकाका सरसफाईकर्मी, अग्रमोर्चामा रहेका कर्मचारी, शव व्यवस्थापनकर्मी र सुरक्षाकर्मी, त्यसपछि बृद्धा, जेष्ठ नागरिक लगायतलाई खोप दिइनेछ । खोपका लागि जिल्लाबाट बुटवलमा गएर खोप लगाउने तालिम समेत लिइएको पन्थीले बताउनुभयो । खाेप प्राथमिकता प्राप्त क्षेत्रमा १७ गतेदेखि वितरण गर्ने तयारी भइरहेकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update