Erani Mahal
स्कुटी दुर्घटना हुँदा एक जना घाइते
Accident1521
पाल्पा – जिल्लाको रम्भा गाउँपालिका–४, मुडुली चौपारीमा स्कुटी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । रामपुर आर्यभाङ्ज्याङ् पक्की सडक खण्डको ताहुँबाट बीरकोट जाँदै गरेको लु ५६ प ४७४६ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा एक जना महिला घाइ्रते भएका हुन् । दुर्घटनामा परी पूर्वखोला गाउँपालिका–५, बीरकोट बस्ने ४१ वर्षकी पार्वती हिताङ् घाइते हुनुभएको हो । उहाँको तानसेनस्थित मिसन अस्पतालमा उपचार भईरहेको छ । दुर्घटना दिउँशो पौने तीन बजे भएको हो ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update