Erani Mahal
पाल्पामा जीप र माेटरसाइकल आपसमा ठोक्किदा दुई जना गम्भीर घाइते
accident palpa
पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका–१, घोरबन्दा नजिकै मोटरसाइकल र जीप आपसमा ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन् । मंगलबार बिहान १० बजेतिर रामपुरबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज ४१७८ नम्बरको जीप र तानसेनबाट आर्यभाङ्ज्यातर्फ जाँदै गरेको लु १७ प ५६२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका हुन् । घाइते हुनेमा मोटरसाइकल चालक पर्वत जिल्ला महाशिला गाउँपालिका वडा नं. १ होस्र्यादी बस्ने ४५ वर्षका राजबहादुर राना र मोटरसाइकल पछि बस्ने सोही स्थानकी ४० वर्षीया गंगा राना रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लक्ष्मण पचभैंयाले घाइते दुबै जनाको अवस्था सिरियस रहेको जानकारी दिनुभयो । उहाँले गम्भीर घाइतेहरुको थप उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा उपचारका लागि पठाइएको जानकारी दिनुभयो । जीप चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरीक्षक पचभैँयाले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update