Erani Mahal
टेलिकमको फोरजी सेवा : पाल्पाको सबै स्थानीय तहमा पुग्यो
ntc tansen
पाल्पा- टेलिकमको फोरजी सेवा पाल्पाको सबै स्थानीय तहमा पुगेको छ । सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले जिल्लाको सबै पालिकाहरुमा चौथो पुस्ताको मोबाइल प्रविधि फोरजी सेवा पु्र्याएको हो । नेपाल टेलिकम दुरसञ्चार कार्यालय पाल्पाका प्रमुख ढाकाराम पौड्यालका अनुसार पाल्पाको सबै स्थानीय तहमा उपकरण जडान कार्य सम्पन्न भई सेवा सञ्चालनमा आइसकेको जानकारी दिनुभयो । फोरजी कभरेज नभएका केही नयाँ स्थानमा पनि फोरजी विस्तारका लागि सर्भे तथा जडानको काम भइरहेको नेपाल टेलिकम दुरसञ्चार कार्यालय पाल्पाका इन्जिनियर विशाल भण्डारीले बताउनुभयो । फोरजी नेटवर्क कभरेज संगै जिल्लाको समग्र स्थानिय तहमा प्राविधिक विकासमा मद्धत पुग्ने विश्वास लिइएकोे छ । यसले सबै स्थानीय तहको शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा ठुलो योगदान गर्नेछ । कसरी थाहा पाउने फोर जि नटवर्क ? ग्राहकले *333# डायल गरी आफ्नो सिमले फोरजी सपोर्ट गर्छ/गर्दैन चेक गर्न सक्नेछन् । सिमले फोरजी सपोर्ट गरेमा ५०० एमबी निशुल्क डेटा प्राप्त गर्नेछन् भने सपोर्ट नगरेमा नजिकैको टेलिकम कार्यालयमा गई निशुल्क फोरजी सिम लिन सक्नेछन् । विद्यार्थीहरुका लागि भने टेलिकमले निःशुल्क रुपमा नयाँ फोरजी सिम उपलब्ध गराईरहेको नेपाल टेलिकम पाल्पाका सुचना अधिकारी श्रीराम रेग्मीले जानकारी दिनुभयो । के के छ सुविधाहरु : हाल फोरजी इन्टरनेट सेवा स्टे कनेक्टेड प्याक अन्तर्गत १०० रुपैयाँमा ४ जिबी र २०० रुपैयाँमा १० जिबी डेटा उपलब्ध गराइरहेको टेलिकमले जनाएको छ । यस्तै फोरजी प्याकमा खरिद गरिएको डेटा बराबर नै बोनस डेटा उपलब्ध गराइएको छ । फोरजी इन्टरनेट सेवा सञ्चालन गरेसंगै भ्वाइस ओभर एलटीई सेवा समेत सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ । उक्त सेवा सञ्चालनमा आएसँगै टेलिकमको भ्वाइस कल समेत एचडी क्वालिटीमा इन्टरनेबाटै गर्न सकिने कम्पनीका दशरथ अस्लामीले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update