Erani Mahal
पाल्पा उद्योग वाणिज्य संघकाे ६५ औं साधारण सभा
palpa
पाल्पा- पाल्पा उद्योग वाणिज्य संघले ६५ औं साधारण सभा मनाएको छ । सभाको प्रमुख अतिथि, संघका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार हरि रायमाझीले उद्घाटन गर्नुभयाे । सभाको उद्घाटन गर्दै पूर्वअध्यक्ष रायमाझीले जिल्लाका उद्योगी व्यवसायीहरुको हितमा संघले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयाे । उहाँले संघ संस्थागत स्वार्थभन्दा माथि उठेर उद्योगी, व्यवसायीहरुको पक्षमा सधैव क्रियाशिल रहेको भन्दै संघको प्रशंसा गर्नुभयाे । रायमाझीले कोभिडले पाल्पा लगायत देशभरको व्यापार व्यवसाय नै प्रभावित बन्न पुगेकाले यसतर्फ तीनै तहका सरकारहरुले ध्यान दिनुपर्नेमा जोड दिनुभयाे । जिल्लाबाट व्यवसायीहरु पलायन हुने स्थिति आएकाले उनीहरुलाई रोक्न संघले स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयाे । संघका अध्यक्ष राजु महर्जनले उद्योगी व्यवसायीहरुको एकता आजको आवश्यकता रहेकाले तानसेनको पर्यटन विकासमा एक भएर लाग्ने बेला आएको बताउनुभयाे । उहाँले पूर्वधार अभावमा पर्यटकहरु भिœयाउन नसकेको बताउनुभयाे । कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा सल्लाहकार समितिका संयोजक मधुदयाल सैजुले पाल्पा जिल्ला आफैमा सम्भावनानै सम्भावना बोकेको जिल्ला भएकाले ती सम्भावनाहरुको परिचालन गरी जिल्लामै रोजगारको सिर्जना गर्न स्थानीय सरकारसँग समन्वय गरी अगाडि बढ्न संघलाई आग्रह गर्नुभयाे । संघका निवर्तमान अध्यक्ष मोहनप्रसाद श्रेष्ठले पाल्पा जिल्लामा थुप्रै खानी र पर्यटकीय सम्भावनाका क्षेत्रहरु भएपनि भौतिक पूर्वाधारको अभावमा तिनीहरुको परिचालन गर्न नसकिएको बताउनुभयाे । संघका वाणिज्य उपाध्यक्ष यादवसिंह कार्कीले कोभिडका कारण उद्योगी व्यवसायीहरु मर्कामा परिरहेका बेला बैंकहरुले ताकेता गर्नु भनेको पानी परिरहेका बेला छाता खोस्नु जस्तै भएको बताउनुभयाे । कार्यक्रममा संघका महासचिव शैलेन्द्र भट्टराईले संघको प्रगित प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रम स‌चालन गर्नुभएकाे थियाे । अध्यक्ष राजु महर्जनको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update