Erani Mahal
पाल्पामा थप १० जनामा देखियो कोरोना संक्रमण
Corona__
पाल्पा – पाल्पामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा तानसेन नगरपालिकाका ७ जना रहेका छन् । त्यस्तै रम्भा, बगनासकाली र रिब्दिकोट गाउँपालिकाका थप १÷१ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै पाल्पामा कुल संक्रमितको संख्या १ हजार ९०० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितमध्ये १ हजार ८१४ जना निको भएका छन् भने ३५ जनाको निधन भएको छ । हाल पाल्पामा ५१ जना सक्रिय संक्रमित छन् । पछिल्लो समय परीक्षण घटेसँगै संक्रमित हुनेको संख्या पनि घटेको छ । पछिल्लो ३ दिनमा विभिन्न प्रयोगशालामा गरिएको ५५ नमुना परीक्षणका १० जनामा संक्रमण पुष्टि भएको हो ।
प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update