Erani Mahal
युएईमा नेपालीहरुको आयोजनामा प्रथम अन्तरसंस्था व्याडमिन्टन प्रतियोगिता सम्पन्न
uae khel (2)
बेद प्रसाद अर्याल (युएइ)- नेपाली समाज युएईको आयोजना र नेपाल ब्याडमिन्टन कम्युनिटी यु ए ई को प्राविधिक सहयोगमा प्रथम अन्तरसंस्था व्याडमिन्टन प्रतियोगिता दुबईको ड्रागनमार्ट (चाइना मार्केट) मा रहेको ब्याडमिण्टन कोर्टमा भब्यताका साथ सम्पन्न भएको छ । "सामाजिक कार्यमा सहकार्य, आपसी सम्बन्ध, भाईचारा एवं स्वस्थ नै जीवन हाम्रो सरोकार" भन्ने मूल भावनाका साथ नेपाली समाज युएई आबद्द संघ संस्थाहरु, एन. आर. एन. ए. एवं युएईमा क्रियाशिल विभिन्न संघ संस्थाले खेलमा सहभागिता जनाएका थिए । पहिलो पटक यसरी आयोजना गरिएको खेलमा विभिन्न संघ संस्थाहरु बाट पुरुष विधामा २३ समुह र महिला तर्फ ४ टिमले भाग लिएका थिए । नेपाली समाज क्षेत्रिय समितिहरु, विभिन्न संघ संस्थाले आफ्नो समाजको प्रत्यक्ष रूपमा खेलाडी सहभागि गरी र अन्य संस्थाको भावनात्मक सहयोग सहित ५४ जना खेलाडीले सहभागिता जनाएका थिए। युएईका ७ वटै राज्यबाट खेलाडी तथा उल्लेख्य नेपालीहरु सहभागी थिए । उक्त खेलको लागि फु यु लाई स्पोर्ट्स एकेडेमीले स्पोन्सर स्वरुप कोर्ट उपलब्ध गराई सहयोग गरेको नेपाली समाज युएईका महासचिव बेद प्रसाद अर्यालले जानकारी दिनुभयो । कोर्टका डाइरेक्टर तथा संचालक ली यो तिंगलाई धन्यवाद दिदै अर्यालले नेपालीहरुको हौसला र सामिव्यता यस खेलले झन् बढेको बताउनुभयो । पाल्पाली समाज युएईका प्रथम उपाध्यक्ष कैलाश अर्यालले उदाहरणीय कार्य भएको बताउनुभयो। खेल प्रतियोगिताको संयोजक नेपाली समाज युएईका खेलकुद विभाग (एन आर एन स्पोर्ट्स एकेडेमी टास्क फोर्स सदस्य) हिरा लाल श्रेष्ठले यसरी आयोजित खेलले कामको थकान बिर्साएर रौनकता थपेको बताउदै खेल निकै रोमाञ्चक र प्रतिष्पर्धा सहित सलिएको बताउनुभयो । नेपाल ब्याडमिन्टन कम्युनिटी युएईका संयोजक सुमन उदयले सहभागी हुने सबैप्रति धन्यवाद दिदै अब यस्ता कार्यक्रम र साथ सदैव एक आपसमा रहने बताउनुभएको छ । नेपाली समाज युएईले आयोजना गरेको पहिलो प्रतियोगितात्मक व्याडमिन्टन खेलकुद कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली समाज युएईका सल्लाहकार कृष्ण बहादुर ढकालले खेल नेपालीहरुको एकजुटको माध्यम बनेको बताउनुभयो । उहाँले नेपालीले उच्च र अब्बल सहित सहकार्यको गतिलो उदाहरण पेस गरेको उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update