Erani Mahal
पाल्पाली कलाकार कमल र ममताको गीत ‘जे गरेनी चल्छ नेपालमा’ सार्वजनिक
kamal_mamata
पाल्पा - पाल्पाली कलाकार कमल भट्टराई र ममता कोइरालाले ‘जे गरेनी चल्छ नेपालमा’बोलको गीत सार्वजनिक गर्नुभएको छ । उहाँहरुले देशभक्ती गीत ल्याउनुभएको हो । कमल भट्टराईको शब्द तथा संगीत रहेको गीतलाई इन्द्र जिसीले एरेन्ज गर्नुभएको छ । गीतमा कमल र ममता कोइरालाले आवाज दिनुभएको छ । आयाम कार्कीले निर्देशन गर्नुभएको भिडियोमा गायक–गायिका कमल र ममताका साथमा आयाम कार्की, सोम आले, लेखनाथ ढकाल लगायतले अभिनय गर्नुभएको छ । सन्तोष बस्यालको छायाँकन तथा सम्पादन रहेको गीतको भिडियो तानसेन र आसपासका क्षेत्रमा खिचिएको हो । बगनासकाली ३ निवासी गायक कमलले यसअघि आधा दर्जनबढी गीतमा स्वर तथा चार दर्जन बढी गीत लेखिसक्नुभएको छ । त्यस्तै तानसेन ६ काजीपौवा निवासी गायिका ममताले पनि आधा दर्जन बढी गीतमा स्वर दिईसक्नुभएको छ । हालै सार्वजनिक गीत ‘जे गरेनी चल्छ नेपालमा’लाई स्रोता तथा दर्शकले रुचाउने उहाँहरुले बताउनुभयो । हेर्नुहोस् भिडियो :
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update