Erani Mahal
पाल्पामा सिकार खेल्दा बन्दुकको छर्राले लागि एक बालककाे मृत्यू
banduk
पाल्पा- पाल्पामा सिकार खेल्दा बन्दुकको छर्राले लागि एक बालककाे मृत्यू भएकाे छ । जिल्लाको रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडामा सिकार गर्नेक्रममा बन्दुकको छर्राले लाग्दा एक जना बालकको मृत्यू भएको प्रहरीले जनाएकाे छ । बिहिबार रातीको समयमा सिकार खेल्न चिलाउने पानी सामुदायिक वनमा जाँदा भरुवा बन्दुकको छर्राले लागेर रिब्दीकोट गाउँपालिका वडा ८ का १३ वर्षका बालक लक्ष्मण छहारीको मृत्यु भएको प्रहरीले जनांएको छ । प्रहरीले उनी संगै सिकार खेल्न गएका रैनादेवी छहरा गाउँपालिका ४ भर्माटुङका ज्ञान बहादुर गाहा,सोही स्थानका कमल राना र रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडाका देव बहादुर गाहा र भरुवा बन्दुक नियन्त्रणमा लिएकाे छ । उनीहरुलाइ थप अनसुन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update