Erani Mahal
रामपुरमा कृषकलाई तरकारीका वीउ बिजन वितरण
meyar raman bahdur thapa
पाल्पा- एक वडा एक उत्पादन नीति लिएको रामपुर नगरपालिकाले व्यवसायीक तरकारी उत्पादनमा जोड दिन कृषकलाई सहयोग गर्दै आइरहेको छ । एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत रामपुर नगरपालिका वडा नं ७ का कृषकलाई करेला तथा घिरौलाको वीउ बिजन वितरण गरिएको छ । वीउ बिजन वितरण कार्यक्रम अन्तर्गत वडा नं ७ को कार्यालयमा एक कार्यक्रम गरी बीउ बिजन वितरण गरिएको हो । वडा अध्यक्ष तिर्थप्रसाद पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा रहनुभएको हो । उहाँले प्रत्येक टोल अनुसार फरक फरक खालको तरकारी लगाउन सकियो भने कृषि पर्यटन बढाउन सकिने बताउउनुभएको छ । तरकारीले बजार नपाएको खण्डमा नगरपालिकाले बजार प्रबन्ध मिलाउने बताउनुहुदै नगर प्रमुख थापाले नगरका दशवटै वडामा एक वडा एक उत्पादन विभाजन गरी तरकारी खेती गर्न थालिएको बताउनुभएको छ । वडा सदस्य कमलराज भट्टराईले सहभागीलाई स्वागत गर्दै उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रमको संचालन वडा कार्यालय सहायक गिता पौडेलले गर्नुभएको हो । वडाले १४ वटा टोल विकास संस्थामा आबद्द करिव आठ सय ७१ जना कृषकलाई निशुल्क वीउ बिजन वितरण गरिएको वडा सचिव धनेन्द्र खनालले जानकारी दिनुभएको छ । रामपुर नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत वडा नं ७ लाई करेला तथा घिरौला खेती गर्न जोड दिइएको छ । यस आर्थिक वर्षमा वडाले करेला तथा घिरौला खेतिका लागि दुई लाख रकम विनियोजन गरी कृषकलाई वितरण गरेको छ । साथमा विरुवा उत्पादनका लागि प्लाष्टिकका थुंगा, प्लाष्टिक टनेल, विषादी समेत वितरण गरिएको छ । बीउ विजन लगाउने तरिका सम्बन्धि किसान एग्रोभेटका संचालक सुर्य भट्टराईले जानकारी गराउनुभएको छ । रामपुर नगरपालिका कृषि शाखाका प्राबिधिक प्रज्ज्वल केसी र टोल विकास संस्थाको तर्फबाट मनोरथ भट्टराईले बोल्दै करेला र घिरौला खेतीका छनौटमा परेको यस वडामा बिगत वर्ष देखि यहाँका कृषकले करेला, घिरौला उत्पादनमा जोड दिएको बताउनुभएको छ । कार्यक्रममा सहभागीलाई वडा सदस्य दुर्गादेवी घण्डारी गौतमले धन्यवाद दिनुभएको हो । RSS
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update