Erani Mahal
गुल्मीमा प्रकृया विपरित विद्यालय भवन निर्माण
school gulmi
तिलाचन पाण्डे गुल्मी- गुल्मीमा सार्वजनिक खरिद ऐन र नियमावली बिपरित विना टेन्डर बिद्यालय निर्माणको ठेक्का दिएको बिद्यालय भबन निर्माण सकिएको छ । तर अनुसन्धानका लागि नियामक निकाय भने मौन देखिएको छ । अनुसन्धानका लागि गत फागुन २० गते ल्याइएको फाइल जिल्ला प्रशासन कार्यालय गुल्मीमा थन्किएर बसेको छ । यसरी १० महिनासम्म अनुसन्धानको केही रिपोर्ट नआउनु , बिद्यालय भबन बनेर सकिनु र निर्माण ब्यबसायीलाई सम्झौता अनुसारको रकम भुक्तानी दिनुले पनि बिद्यालय ब्यबस्थापन समिति , निर्माण ब्यबसायी र सरोकारवालाहरु सबैको मिलिमतो भएको जस्तो स्पस्ट हुन्छ । जापानी राजदुतावासबाट मुसिकोट नगरपालिका वडा नं २ देउरालीमा कृषि प्राबिधिक शिक्षाका लागि नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक बिद्यालयमा सुबिधा सम्पन्न चारकोठे भबन परेको थियो । भवन निर्माणका लागि ८५ लाख रुपैयाँ प्राप्त भएकोमा बिद्यालय ब्यबस्थापन समितिले सिधै विना टेन्डर निर्माण ब्यबसायीमार्फत निर्माण कार्य गराएको हो । बिना टेन्डर बिद्यालय भबन निर्माणको जिम्मा निर्माण ब्यबसायीलाई भन्ने समाचार प्रकाशन भएपश्चात प्रशासनले अनुसन्धान गर्ने भन्दै निर्माण कार्य सम्बन्धी फाइल झिकाएको थियो । यो त एउटा उदाहरण मात्रै हो राष्ट्रिय पुन निर्माण प्राधिकरण (शिक्षा ) बाट निर्माण भएका बिद्यालय भबनमा समेत बिना टेन्डर सिधै निर्माण ब्यबसायीले काम गरेका छन् । तर पटक पटक सम्बन्धित निकायको ध्यान आकर्षण गराउँदा समेत उनीहरु कानमा तेल राखेर बसीराखेका छन् । पुन निर्माण प्राधिकरण शिक्षाका प्रमुख पीताम्बर पन्थीले आँफूहरुले बिद्यालय क्ब्यबस्थापन समितिसंग सम्झौता गरेको र उनीहरुको खातामै रकम जाने भएकाले आँफूहरुलाई अन्य केही थाहा नभएको बताउँदै आएका छन् । अनुसन्धानको प्रक्रियामै छौ : जिल्ला प्रशासन यता जिल्ला प्रशासन कार्यालय गुल्मीले भने अनुसन्धानको प्रक्रियामै रहेको सूचना अधिकारी उद्धब पन्थीले जानकारी दिनुभयाे । अनुसन्धानका लागि बनेको तीन सदस्ययीय समिति अन्र्तगत कुनै समयमा पुर्वाधार बिकास कार्यालयको इन्जिनियरले नभ्याउने , कुनै समयमा कोष तथा लेखा नियन्त्रकले समय उपलब्ध नगराउँदा फिल्डमा जान नसकिएको पन्थीले बताउनुभयाे । अनुसन्धानका लागि पन्थीको नेतृत्वमा पुर्वाधार बिकास कार्यालयका इन्जिनियर र कोष तथा लेखा नियन्त्रक सहित तीन सदस्य रहेको अनुसन्धान समिति बनाइएको थियो । तीन जना प्रजिअ आए , फाइल जस्ताको तस्तै अनुसन्धानको फाइल जिल्ला प्रशानसन कार्यालयमा आएपछि तीन जना प्रमुख जिल्ला अधिकारी आउने जाने क्रम चल्यो तर अनुसन्धान भने प्रक्रियामै रहेको छ । सो फाइल जिल्ला प्रशासनमा झिकाउँदा तत्कालिन प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला त्यस पश्चात भरतकुमार शर्मा र अहिले रुद्धादेबी शर्मा प्रमुख जिल्ला अधिकारी छन् । प्रमुख जिल्ला अधिकारी रुद्धादेबि शर्माले बास्तविक बुझेर अगाडी बढ्ने बताउनुभयाे । निर्माण ब्यबसायीलाई सम्झौता अनुसारको रकम भुक्तानी जिल्ला प्रशासन कार्यालय गुल्मीले अनुसन्धान गरिरहँदा बिद्याालयले भने निर्माण ब्यबसयाीलाई सम्झौता अनुसारको सबै रकम भुक्तानी दिइसकेको बिद्यालयका प्रधानाध्यपक शुरेन्द्र नेपालीले जानकारी दिए । निर्माण ब्यबसायीले सम्क्झौता अनुसारको काम सकेको र लेखा परीक्षण समेत भएको नेपालीको दाबी छ । तत्कालिन बिद्यालयका प्रधानाध्यपक तेजबहादुर महत र जापानी राजदुतावाससंग सुबिधा सम्पन्न भबन निर्माण गर्नका लागि ११ मार्च २०१९ मा सम्झौता भएको हो । सोही सम्झौता अनुसार बिद्यालय ब्यबस्थापन समितिले २०७६ बैशाख १५ गते न्यू लिजा कन्ट्रक्सन प्रा लि लाई निर्माण गर्ने जिम्मा दिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष इश्वरीप्रसाद आर्चायले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update