Erani Mahal
माथागढी सहकारी चिदीपानीकाे शाखा सातदाेवाटाेमा खुल्याे
h
बिकाश काफ्ले पाल्पा- जिल्ला स्थित माथागढी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले चिदीपानीमा शाखा कार्यालय खोलेको छ । २०७३ सालमा स्थापना भएकाे सहकारीकाे चिदीपानीकै दोहोरामा प्रधान कार्यालय रहेको छ । एक कार्यक्रम बीच बुधबार सात्दोबाटमा शाखा कार्यालय प्रमुख अतिथि माथागढी गाउँपालीका १ नम्बर वाडका अध्यक्ष शिव प्रसाद शर्माले उद्घाटन गर्नुभयो । बहुउद्देश्यीय सहकारीका माध्यमबाट बचत संकलन र ऋण लगानी गर्दै परम्परागत खेती प्रणालीलाई अन्त्य गरेर बैज्ञानिक र आधुनिक खेती प्रणालीको बिकास हुने शर्माले बताउनुभयो । उद्घाटन कार्यक्रममा स्थानीय बासिन्दा तर्फबाट चेत बहादुर केसी सम्पूर्ण बिद्यालयको तर्फबाट सौभाग्य माध्यमिक बिद्यालय प्रधानाध्यापक कृष्णप्रसाद खनाल वाड सदस्यहरूको प्रतिनिधित्व गर्दै हिरा ब. रेग्मी माथागढी गाउँपालिका कार्यपालिका सदस्य बिद्या थापाले सहकारी गरेको प्रगति चर्चा कोरोना भाइरल कोबिट १९ का कारण भएको लकडाउनमा सहकारी स्थानीयका कृषि उपज बिक्री हुन नपाइरहेको बजार कोटाबाट बाहिर निस्कन नपाइरहेको अबस्थामा पुलको काम गरेको निम्न आए भएकाको सारथी बन्दैको अहिले अवस्था सहकारी महत्त्ववारे चर्चा गरेका थिए । उपाध्यक्ष टोपला पाण्डेको स्वागत, सदस्य नवराज पन्थी सञ्चालन र सहकारीका अध्यक्ष राजकुमार पन्थीकाे अध्यक्षतामा भएकाे कार्यक्रमा सहकारी अध्यक्ष पन्थीले गाउँ गाउँमा आएका लघुबित्त बैंकक भन्दा फरक सहकारीमा भएको फाइदा सदस्यहरूकै हुन्छ र बैंककमा फाइदा संचालनहरूको हुन्छ तेसैले बुझ्नु जरुरी रहेको र यश सहकारी संस्थाबाट सक्दो फाइदा लिनुहुन आग्रह गर्नुभयाे । कार्यक्रम सस्थाका सचिब बिजयदिप पन्थि कोसाध्यक्ष कुल बहादुर गाहा भवान सिंह गाहा खेमानसिङ सारु गङ्गा रेग्मि जमुना थापा लिलाम्बर गाहा मुरारी बस्याल अम्बिका काफ्ले लगाएतको उपस्थितिमा सहकारी सस्थाका अध्यक्ष राजकुमार पन्थीको अध्यक्षमा सम्पन्न भएको थियो।
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update