Erani Mahal
पाल्पामा थप २१ जनामा कोरोना भाइरसको संक्रमण
Corona___
पाल्पा- पाल्पामा बुधवार थप २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकास पन्थीका अनुसार पाल्पामा पछिल्लो तीन दिनमा उक्त संख्यामा कोरोना देखिएको रिपोर्ट प्राप्त भएको जानकारी दिनुभयो । बुधवार थप भएकाहरुमा ६ महिला र १५ पुरुष रहेका छन् । यससँगै पाल्पामा कोरोना परीक्षण गर्दा पुष्टि हुनेको संख्या १ हजार ८ सय ९० पुगेको छ । थप भएकाहरुमा माथागढी, रम्भा र रामपुरका १।१ जना, बगनासकालीका ६ जना, तानसेका र अस्पतालका १२ जना रहेका छन् । उनीहरु सबै अस्पतालमा चेक गर्न आउँदा लक्षण देखिएका विरामीहरु हुन् ।
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update