Erani Mahal
पाल्पामा भान्साकाेठामा भरुवा बन्दुक पड्किदा एककाे मृत्यू
banduk
पाल्पा - पाल्पामा भरूवा बन्दुक पड्केर बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–२ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारू रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताउनुभयाे । आज बिहान ३ बजे बन्दुक पड्किएको आवाज सुनिएको थियो। मृतकका दाजु नरबहादुरले बन्दुक पड्किएको आवाज सुनेपछि घटनास्थल पुगेका थिए । मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका पचभैयाले बताउनुभयाे । मृतक वीरबहादुरले एकनाले भरुवा बन्दुक ल्याई आफ्नै घरको भान्सा कोठामा राखेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। बन्दुक नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update