Erani Mahal
पेट्रोल र डिजेलको मूल्य बढ्यो
petrol_
काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमले जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्ययका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैंया पुगेको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य समान ९३ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update