Erani Mahal
ओली निकट अनेरास्ववियूकाे भेला तथा प्रशिक्षण सम्पन्न
ads
पाल्पा - नेकपाका दुइ समूहले छुट्टाछुट्टै भेला र बैठक गरेपछि त्यसकाे प्रभाव विद्यार्थी संगठनमा समेत परेकाे छ । शनिबार मात्र प्रचण्ड माधव नेपाल समूह निकट अनेरास्ववियूले विद्यार्थीकाे भेला गरेकाे थियाे । साेमबार भने केपी ओली निकट अनेरास्ववियूले विद्यार्थीकाे भेला तथा प्रशिक्षण गरेको छ । भेलालाई सम्बोधन गर्नुहुँदै अनेरास्ववियू नेता तथा नेकपा केन्द्रिय सदस्य रश्मी आचार्यले अहिलेको राजनैतिक अवस्थाका विषयमा विद्यार्थीले सबैभन्दा धेरै बुझ्नुपर्ने बताउनुभयो । उहाँले आफूहरू नै मूल धारकाे नेतृत्व भएकाे दावी गर्दै अन्याैलतामा नबसस्न आग्रह गर्नुभयाे । नेता आचार्यले नेपाल प्रचण्ड समूहले अराजकता फैलाएको भन्दै नेता आचार्यले नेकपाको मूल धारका विरुद्ध लाग्ने समुहमा राजनैतिक संस्कार नदेखिएको बताउनुभयो । भेलामा नेकपा केन्द्रिय सदस्य तथा प्रदेश सांसद नारायण आचार्यले नेपालको कम्यूनिष्ट आन्दोलनलाई माधव प्रचण्ड समुहले तुहाउने प्रयास गरेको बताउनुभयो । नेता आचार्यले नेकपा नेतृत्वको सरकारलाई आफ्नै पार्टीभित्रका नेताहरुले काम गर्न नदिएर अप्ठेरो पारेको बताउनुभयो । छलफलबाटै समाधान हुने विषयलाई अविस्वासको प्रस्ताव लगेर परिस्थिति भड्काउने काममा प्रचण्ड नेपाल लागेको आचार्यले जिकिर गर्नुभयाे । नेकपा केन्द्रिय सदस्य धनेन्द्रराज घिमिरे, विद्यार्थी ईन्चार्ज रामजी पोखरेल, केन्द्रिय विद्यार्थी नेताहरु सुदर्शन सिवाकोटी, सुजन भट्टराई, टिका बहादुर थापा, प्रेम बगाले, सदिक्षा ढकाल लगायतले धारणा राख्नुभयाे । भेलाले हिरामणी पराजुलीको संयोजकत्वमा जिल्ला कमिटीको बनाएकाे छ । राधाकृष्ण दंगालकाे संचालनमा कार्यक्रम भएकाे थियाे ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update