Erani Mahal
पाल्पामा श्रीमतीकाे हत्या गर्ने पुरूष पक्राउ
Pakrau
पाल्पा - श्रीमतीकाे हत्या गरेकाे अभियाेगमा पाल्पा रामपुरबाट एक जना पुरूष पक्राउ परेका छन् । ५७ वर्षीया श्रीमती रमा कुमारी दराईको हत्या गरेको आरोपमा रामपुर-५ बेझाडका बुद्दी दराईलाई प्रहरीले पक्राउ गरेको हाे । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले दराइलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । बुद्धिले शनिबार साँझ बारी खन्ने कुटोले प्रहार गर्दा रमा गम्भीर घाइते भएकी थिइन् । घाइते श्रीमतीकाे पाल्पास्थित अस्पतालमा उपचारकाे क्रममा आइतबार मृत्यु भएकाे थियाे । प्रहरीले हत्याकाे विषयमा थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update