Erani Mahal
बल्डेङगढीमा आगोलागी हुँदा ५ लाखको क्षति
fire
पाल्पा- जिल्लाको बल्डेङगढीमा आगोलागी हुँदा ५ लाख बराबरको क्षति भएको छ । आइतवार साँझ ८ बजेको समयमा रैनादेवी छहरा गाउँपालिका ६ लोकासिङ बस्ने टिक बहादुर रास्कोटीको घरमा आगोलागी भएको प्रहरीले जनाएको छ । रास्कोटीको ढुङ्गा माटोले बनेको खरको छानो भएको २ तले कच्चि गोठ, भान्साघरमा अचानक आगोलागी हुँदा उक्त गोठ जली पुर्णरुपमा नष्ट भएको छ । आगोलागीबाट ७ ओटा लोकल कुखुराको भाले,भाँडा बर्तन,नागरिकता, २५ हजार नगद, सुनको कानमा लगाउने रिङ २ तोलाको १ जोर, सुनको जन्तर आधा तोलाको १ थान जली नष्ट हुँदा अन्दाजी ५ लाख बराबरको क्षेती भएको प्रहरीले जनाएको छ । आगोलागी विद्युट सर्ट भएर लागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update