Erani Mahal
पूर्वमन्त्री पाण्डेयलाई कोरोना संक्रमण
s
पाल्पा- पूर्व उद्योगमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य पाल्पा क्षेत्र नं. २ का सांसद सोम प्रसाद पाण्डेयलाई कोरोना संक्रमण भएको छ । कोरोनाको उपचारका लागि अस्पताल निर्माण, बजेट व्यवस्थापन, पिसिआर ल्याव संचाल, कोरोना नियन्त्रण लगायतका काममा सुरुदेखि नै अग्रमोर्चामा खटिदै आउनुभएका पाण्डेयको गृह जिल्ला पाल्पा आएको समयमा स्वास्थ्यमा समस्या आएको थियो । उहाँ माघ ३ गते काठमाण्डौं जानुभई काठमाण्डौं स्थित राष्ट्रिय प्रयोगशाला टेकुमा कोरोना परीक्षणको क्रममा कोरोना पोजेटिभ आएको रानीमहलसँगको कुराकानीमा बताउनुभयो । उहाँले कोरोना पोजेटिभ आएपछि आफ्नो स्वास्थ्य अवस्था समान्य रहेको र घरमै बसेर आराम गरिरहेको बताउनुभयो । पाण्डेयको कोरोना देखिएको सामाजिक संजाल फेशबुकबाट नै जानकारी दिनुभएको छ । उहाँले सामाजिक संजालमा स्टाटस राखेपछि उहाँका शुभेच्छुक तथा पार्टी कार्यकर्ताहरुले सिघ्र स्वस्थ्य लाभको कामना गरेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update