Erani Mahal
निस्दीकाे मित्यालमा विविध खेल प्रतियाेगिता सम्पन्न
volleyball
पाल्पा- निस्दी गाउँपालिका मित्यालमा विविध खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । माघे संक्रान्तिको अवसर पारेर मित्याल स्पोर्ट्स क्लबको मुख्य आयोजना तथा मित्याल बजार व्यवस्थापन समितिको सह-आयोजनामा संचालित खेलकुद प्रतियोगिता आइतबार सकिएको हो। नौलो बिहानी पार्क रुक्सेभन्ज्याङमा भएको खेलकुद प्रतियोगितामा पुरुष भलिब तर्फ ३० समूह, महिला भलिबल तर्फ १२ समूह र ब्याडमिन्टन प्रतियोगितामा १४ समुहको सहभागिता रहेको थियो । पुरुष भलिबलमा निस्दी ४ मित्याल, भोर्मा पहिलो निस्दी ५ गल्धा दोस्रो र आयोजक मित्याल स्पोर्ट्स क्लब तेस्रो भएको थियो । त्यस्तै महिला भलिबल तर्फ निस्दी २ सहलकोट पहिलो, आयोजक टिम दोस्रो र निस्दी ४ मित्याल लामेदमार तेस्रो भएको हो। ब्याडमिन्टन प्रतियोगितामा पहिलो र दोस्रो आयोजक टिम र तेस्रो रामपुरको टिम भएको थियो । क्लबका अध्यक्ष हुम बहादुर सारुको अध्यक्षतामा भएको बिजेता समुहलाई प्रमुख अतिथि निस्दी गाउँपालिका वडा नम्बर ४ मित्यालका वडा अध्यक्ष न्यो बहादुर सुनारीले एक कार्यक्रमका बीच नगद र प्रमाणपत्र वितरण गर्नुभएको थियो । विजेता समूहले पुरुष भलिबल तर्फ पहिलो, दोस्रो र तेस्रोले क्रमशः नगद रु. २० हजार, १२ हजार र ७ हजार प्राप्त गरेका थिए । त्यस्तै महिला भलिबल तर्फ पहिलो, दोस्रो र तेस्रोले क्रमशः नगद रु. ४ हजार, ३ हजार र २ हजार पाएका थिए भने ब्याडमिन्टन तर्फ पहिलो, दोस्रो र तेस्रोले क्रमशः नगद रु. ३ हजार, २ हजार र १ हजार प्राप्त गरेका थिए । पुरस्कार वितरण कार्यक्रमको संचालन क्लबका सदस्य लिल बहादुर रासले गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update