Erani Mahal
पाल्पा अस्पतालका अध्यक्ष पाण्डेयलाई कोरोना सङ्क्रमण
netra pandey
तानसेन – नेकपा पाल्पाका नेता एवं पाल्पा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयलाई कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि जाँचका क्रममा उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । शनिबार गरिएको परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको काेभिड परीक्षण केन्द्र पाल्पाले जनाएको छ । अध्यक्ष पाण्डेय कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा पाल्पास्थित कोभिड परीक्षण केन्द्र स्थापनामा निरन्तर खट्नुभएको थियो । गत चैतदेखि नै कोरोना नियन्त्रण तथा शब व्यवस्थापनमा पाल्पा अस्पतालको भूमिकालाई सहजीकरण गर्दै अस्पतालको सेवा प्रभावकारी बनाउन खट्ने क्रममा उहाँलाई कोरोना सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमण देखिएपनि पाण्डेय स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । पाल्पामा हालसम्म १ हजार ८६९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये अधिकांश निको भएर घरमा फर्किएका छन् भने सङ्क्रमित ३३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update