Erani Mahal
निस्दीका असक्त खाम्चालाई आर्थिक सहयोग जारी
khamcha nisdi
पाल्पा - निस्दी गाउँपालिका मित्यालका हस्त बहादुर खाम्चालाई आर्थिक सहयोग प्राप्त भएको छ । धन कमाउनको लागि विदेश पस्नुभएको निस्दीका खाम्चा पूर्ण अशक्त भएर फर्कनुभयो भन्ने रानीमहल अनलाइनकाे समाचार प्रभावबाट खाम्चालाई विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुट्दै आएको छ । विदेशमा गएर अशक्त भएर फर्कनुभएका खाम्चालाई निस्दी ३ झिरुबास , क्याङरुङ्ग स्थायी निबासि नन्द बहादुर रानाले हाल दुबईबाट १७ हजार दुई सय ४ रुपैया सहयोग गर्नुभएको छ। सहयोग रकम रानाले आफू कार्यरत कम्पनीका नेपाली कामदारहरुबाट संकलन गरेर पठाएको बताउनुभयो । रकम पाएपछि खाम्चाले खुसी व्यक्त गर्नुहुँदै सहयोग गर्नुहुँने रानालाई धन्यवाद प्रकट गर्नुभएको छ । यस अगाडि खाम्चालाई विभिन्न व्यक्ति र समुहले पनि रकम सहयोग गरेका थिए । हालसम्म खाम्चालाई ७१ हजार २ सय ६९ रुपैयाँ सहयोग प्राप्त भएको छ। निस्दी गाउँपालिका वडा नम्बर ४ मित्याल, भोर्माका हस्त बहादुर खाम्चा केही वर्ष अगाडि साउदी अरेबियाबाट पूर्ण अशक्त भएर फर्कनु भएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update