Erani Mahal
रिडी माघे संक्रान्ति मेलामा काेराेनाले गर्दा दर्शनार्थी न्यून
ridi mela
पाल्पा- कोरोना महामारीका कारण कुनै पनि औपचारिक कार्यक्रम नहुँदा विगतका वर्षको तुलनामा रिडी माघे संक्रान्ति मेलामा दर्शनार्थी न्यून उपस्थिति रहेकाे छ । फाइल तस्विर । विगतका बर्षहरुमा एक हप्ता मेला लाग्ने रिडी क्षेत्रमा अहिले भने नुहाउनेहरु मात्र न्यून संख्यामा उपस्थिति भएका छन् । पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रिडिमा बिहिबार बिहानैदेखी स्नान गर्नेहरुको घुईचो लागेकाे भएता पनि विगतका वर्षहरुमा भन्दा कम सहभागिता रहेकाे छ । माघे संक्रान्तिमा भक्तजनहरु नदी, तलाउ, त्रिवेणी, कुण्ड तथा जलाशयमा मकर स्नान गरिरहेका छन् । स्नान, दान तथा पूजा गरिएपछि आआफ्नो घरमा तिलको लड्डु, तरुल, घीउ, चाकु, खिचडी, सेलरोटी लगायतका परिकार खाने चलन छ । रिडी क्षेत्रमा स्नान गर्दा मोक्ष प्राप्त हुने विश्वासका कारण कालीगण्डकीमा स्नान गर्न यहाँ देश तथा भारतबाट समेत आउने गर्दछन् । यस क्षेत्रमा स्नान गर्दा देव ऋण, पितृ ऋणबाट मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास रहेकाे छ ।
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update