Erani Mahal
युवा सजगता अभियान पाल्पाद्वारा सहयोग
d
पाल्पा- युवा सजगता अभियान पाल्पाले जाडोयाममा असक्त परिवारलाई सहयोग गरेको छ । जिल्ला अध्यक्ष कृष्ण अर्यालका अनुसार बर्तुङ् क्षेत्रमा ६ वर्षदेखि बसोवास गर्दै आएका विपन्न तथा पीडित चन्द्रबहादुर खत्रीलाई १० हजार बराबरको सहयोग गरेको हो । फोक्सोको रोगले पीडित खत्रीलाई सहयोग गरेकोमा अभियानलाई स्थानीय विधान श्रेष्ठ र सूर्य थापाले धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्ष अर्यालका अनुसार युवा सजगता अभियानले अब जिल्ला भर विभिन्न संघ संस्थाको सहयोगमा रचनात्मक काम गर्ने बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update