पाल्पा- पाल्पामा विहिवार कोरोनाको संक्रमणबाट थप एक जना महिलाको निधन भएको छ । तानसेन ३ कि ७८ वर्षीया एक महिलाको निधन भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकास पन्थीले बताउनुभयो ।
पन्थीको अनुसार स्वास्थ्यमा समस्या आइ लुम्विनी मेडिकल कलेजमा उपचाररत ति महिलाको २९ गते कोरोना पोजेटिभ आएको थियो । उनको माघ १ गते विहान निधन भएको हो ।
उनको निधन संगै पाल्पामा कोरोनाबाट मृत्यू हुनेको संख्या ३३ पुगेको पन्थीले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७ १८:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय