Erani Mahal
मुख्यमन्त्री पोखरेलद्वारा माघी पर्वको शुभकामना
shankar-pokhrel
पाल्पा- मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य,दीर्घायु एंव उत्तरोत्तर प्रगतिकोे हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । एक विज्ञप्ती जारी गर्दै मुख्य मन्त्री पोखरेलले विविधतायुक्त नेपाली समाजमा मकर संक्रान्ति तथा माघी पर्वलाई ठूलो पर्वको रुपमा मनाइन्छ । थारु समुदायले माघीलाई मुख्य पर्वको रुपमा धुमधामसंग मनाउने गर्दछन् । मगर र छन्त्याल समुदायले पनि यो पर्वलाई निकै महत्वका साथ मनाउँदै आएका छन् । यी दुई समुदायबाहेक अरु समुदायले मकर संक्रान्तिको रुपमा यो पर्वलाई मनाउँदै आएको पाइन्छ । सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघी पर्वले पारिवारिक मिलन,बन्धुत्व,एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासमा जोड दिएको छ । अल्पसंख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिक रुपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मान व्यक्त गरेको छ । लोकतन्त्रमा नै सबै समुदाय र वर्गका नागरिकको सम्मान स्थापित हुन्छ । यही मान्यतालाई संवैधानिक रुपमा व्यवस्था गरेर हाम्रो लोकतान्त्रिक प्रणालीको जग बलियो र फराकिलो पारिएको छ । मुलुक यतिखेर संविधान कार्यान्वयनको महत्वपूणर् दिशामा अघि बढिरहेको छ । संविधानको सफल कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्ने अवसर पाएका छन् । नागरिकले अधिकारको व्यवहारिक अनुभूति गर्न पाउँदा नै लोकतान्त्रिक शासन प्रणालीप्रति अपनत्व अझ बढेको छ । विकास र समृद्धिको बाटोबाट न्यायपूणर् र समतामुलक समाज निर्माणका लागि हामी प्रतिबद्ध रहँदै अघि बढेका छौं । संघीय सरकारले लिएको समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकास मार्फत समृद्ध प्रदेश,खुसी जनताको लक्ष्य लिएको छ । योजनाबद्ध विकास मार्फत समृद्ध प्रदेश, खुसी जनताको लक्ष्यमा पुग्न सहयोगी भूमिका खेल्न सबै राजनैतिक दल,व्यवसायी, पेशाकर्मी, नागरिक समाज, सञ्चारकर्मी एंव सबैमा हार्दिक अपील गर्दछु ।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update