Erani Mahal
तानसेन गोर्खेकोटमा माइत गएकाे बेला घरमा १२ लाख चाेरी !
1556160608.chori_photo-2
पाल्पा- तानसेन गोर्खेकोटमा माइत गएकाे बेला १२ लाख बराबरकाे नगद र गरगहना चाेरी चाेरी भएकाे छ । रातको समयमा जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं.- ०१ गोर्खेकोट बस्ने जानुका बस्याल माईत गएको अवस्थामा निजको घर अगाडिको च्यानल गेटमा लगाएको ताल्चा फुटाली चाेरी भएकाे प्रहरीले जनाएकाे छ । चाेरले बस्यालकाे घर भित्र पसि टिनको दराज खोली दराज भित्र रहेको नगद रु पच्चिस हजार र सुनको बिभिन्न गरगहना गरी अं. १३ तोला गरी अं. मुल्य बाह्र लाख बराबरकाे चोरी भएको जनाएकाे छ । चाेरी भएकाे भन्ने जनाकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरिक्षक सहितको अनुसन्धान टोली खटिई गई घटनामा संलग्न व्यक्तिहरुको खोजतलास एवंम थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update