Erani Mahal
निस्दी गाउँपालिकाको आठौं गाउँ सभा
nisdi_
पाल्पा- निस्दी गाउँपालिकाको आठौं गाउँ सभा समुदघाटन भएको छ। गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष रिता कुमारी अर्यालले आठौं गाउँसभाका प्रस्तावहरु पेस गर्नुभएको थियो । सभामा उपाध्यक्ष खनालले निस्दीमा चालू आर्थिक वर्षमा भएका कार्य प्रगति प्रस्तुत गर्नुहुँदै हालसम्म १८ दशमलव ७३ प्रतिशत रकम खर्च भएको , गाउँपालिकाको मुख्य प्रशासनिक भवन पहिलो चरणको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताउनुभयो । साथै निस्दीमा १५ सैयाको हस्पिटल शिलान्यास भइ निर्माण कार्य अगाडि बढेको , वडा नम्बर १ र २ मा राष्ट्रिय प्रसारण लाइन विधुत बिस्तार कार्य अगाडि बढेको , वडा नम्बर ५ गल्धामा ५ सैयाको कोभिड अस्पताल संचालनमा आउनुका साथै २२ वटा योजनाको काम सम्पन्न भइ फरफराक भएको बताउनुभयो । निस्दीले आठौं गाउँसभाबाट कुल ३ करोड २५ लाख बराबरको बजेट विनियोजन गर्ने प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो । सभामा गाउँपालिका अध्यक्ष सारुले गाउँसभा सदस्यहरुले उठाएका सुझाव तथा जिज्ञासाको निम्ति धन्यवाद प्रकट गर्नुहँदै आगामी माघ ७ गते अर्को सभा बस्ने गरी सभाको समापन गर्नुभएको थियो।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update