Erani Mahal
बुटवलमा सडक मिचेर बनाएका घरमा डोजर चल्याे, बाटाे बिस्तार सुरू
butwal dojar
बुटवल - सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलस्थित राजमार्ग चौराहा चिडियाखोलासम्मकाे सडक किनारका घर भत्काउन सुरू गरिएकाे छ । डिभिजन सडक कार्यालयले डोजर चलाएर सडक मिचेर बनाइएका घर तथा अन्य भाैतिक संरचना भत्काउन सुरु गरिएको हाे । २४ घण्टे सूचना जारी भएको समायावधि पूरा भए लगत्तै घरटहरा भत्काउन सुरु गरिएको हो । ठूलो संख्यामा प्रहरी परिचालन गरी बुटवलको ट्राफिक चोकदेखि आइतबारबाट सडक मिचेर बनाएका घर टहर भत्काउन सुरु गरिएकाे हाे । अतिक्रमित क्षेत्रको मध्यखण्ड बुटवलको टाफिक चोकमा रहेको दुर्गा मन्दिरको सटर र त्यस आसपासमा रहेका घरहरुमा डोजर चलाइएको हो । पटक-पटक अदालतको आदेशले रोकिदै आएको उक्त सडकको बिस्तारका बिरुद्ध नारायणी देवि प्रधान लगायतका २४ जनाबाट परेको पछिल्लो रिट निवेदनमा यस अघि गत असार ९ गते दिएको अल्पकालिन आन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्बोच्च अदालतले गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक बिस्तार गर्ने बाटो खुलेको थियो । सर्बोच्च अदालतका न्यायधिस सपना प्रधान मल्ल र डा. मनोज कुमार शर्माको संयुक्त ईजलासले उक्त आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गरेको हो । अदालतको त्यो आदेश दिए संगै बुटवल बेलहिया ब्यापारीक मार्ग बिस्तार आयोजनाले सडक सिमा भित्रका घरटहर तथा त्यहा बनेका संंरचना भत्काउने २४ घण्टे अल्टिमेटम दिएको थियो । सडक सिमा मिचेर निर्माण गरिएका घर टहर हटाउन पटक पटक सुचना गर्दा पनि स्थानीयबासी नमानेपछि बाध्य भएर डोजर चलाउनु परेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताउनुभयाे । आयोजनाले सूचना जारी गरे संगै अधिकांस घरधनीहरुले शनिबार दिनभर लगाएर घर टहरा भत्काएका थिए । आइतबार एकाविहानै आयोजनाले आफ्ना घरहरुमाथि डोजर चलाएपछि घरधनीहरु निकै आक्रोशित भएका थिए । २४ घण्टाको समयमा आफूहरूले आफ्ना सामानको ब्यवस्थापन गर्न नसकिएको र थप समय दिनु पर्ने व्यवसायीले बताएका थिए । अदालतको आदेश अनुसार निवेदकहरुका कागजात अध्यायन गर्दा १ सय ५६ जना निवेदक मध्ये १ सय ५० जनाको मुआब्जाका लागि प्रमाण नपुगेको र ६ जनाको हकमा थप कागजात हेर्नु पर्ने भएकोले १५ दिन भित्र आयोजनामा सम्पर्क राख्न सूचना जारी गरेको भएपनि उनीहरुले आफ्नो प्रमाण पेश गर्न नसकेपछि सर्बोच्च अदालत पुगेका थिए । उक्त सडक खण्डमा ३१० घर र बाँकी ४७ खाली जग्गा गरी ३५७ जनाले सडक सिमा मिचेकोमा २०० जना भन्दा बढीले यस अघिनै घर भत्काई सडक खालि गरी दिएका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update