Erani Mahal
यस्ताे छ : आगामी तीन दिनको मौसम पूर्वानुमान
rain-mausam
पाल्पा- माैसम पूर्वअनुमान महाशाखाले आगामि तिन दिनकाे माैसम पूर्वानुमान यस्ताे रहने आकलन गरेकाे छ । आज विहान बुलेटिन जारी गर्दै विभागले २८ देखि माघ १ गते सम्मकाे माैसमी पूर्वानुमान गरेकाे हाे । मौसम विश्लेषण हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन । हाल मौसमको अवस्था हाल देशको पहाडी भागमा भू-भागमा आंशिक बदली रहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान पौष २८ गते मंगलबार दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ र तराईका भु-भागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ। देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पौष २९ गते बुधबार दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका भु-भागमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने सुदुरपश्चिम प्रदेशको तराईका भु-भागमा आंशिक बदली रहनुका साथै देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । माघ १ गते बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । रातिः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केहि भू-भागमा बिहानको समयमा हुस्सु्/कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update