Erani Mahal
पाल्पा सहित देशभर चिसो बढ्यो, सजग रहन जनस्वास्थ्यविद्को आग्रह
chiso
पाल्पा- पाल्पा सहित मंगलवार देशभर चिसो बढ्को छ । यस वर्षको पुसको अन्तिम हप्तामा चिसो ह्वात्तै बढ्को हो । चिसोको कारण सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । पहाडी क्षेत्र पाल्पा गुल्मी, स्याङ्जा, अर्घाखाँची सहित तराईका जिल्लाहरु रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका क्षेत्रमा चिसो बढेको छ । चिसोको कारण लक्षित वर्गहरु वृद्धा, बालबच्चा तथा रोगीहरुलाई विशेष सावधानी अपनाउन जनस्वास्थ्यविद्हरुले सुझाव दिएका छन्, चिसोमा घर बाहिर ननिस्कन तथा न्यानो लुगा र तातो खानेकुरा खान उनीहरुले सुझाव छ । चिसो बढ्दै गएसँगै कोरोना लगायतका संक्रामक रोगहरु समेत बढ्न सक्ने भएकाले सजग रहन स्वास्थ्य विज्ञको अनुरोध छ ।
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update