Erani Mahal
पाल्पामा थप ६ जनालाई कोरोना पुष्टि, संख्या १८ सय ५८ पुग्याे
Corona_
पाल्पा- पाल्पामा थप ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पाल्पाको लुम्बिनी मेडिकल कलेजको ल्यावमा भएको परीक्षणमा ४ जना पुरुष र २ जना महिलामा कोरोनाको संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमा तानसेन नपा तथा अस्पतालका २।२ जना महिला र पुरुष, माथागढी र रामपुरका १/१ जना पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । थपिएका ६ सँगै पाल्पामा कोरोना परीक्षण गरेर संक्रमित देखिनेको संख्या १ हजार ८ सय ५८ पुगेको छ । यसमा ३२ जनाको निधन भएको छ भने १७६२ जनाले कोरोनालाई जितेका छन् । पाल्पामा २६ गतेदेखि तानसेनको पाल्पा अस्पतालको कर्मचारीको आन्दोलनले कोरोना परीक्षण हुन सकेको छैन । पछिल्लो समयमा कोरोना स्वतः रुपमा अस्पताल गएर जचाउनेको मात्र देखिएको हो । समुदाय स्तरमा भने कोरोनाको परीक्षण शुन्य रहेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update