Erani Mahal
मित्याल भोर्माका अशक्त खाम्चालाई आर्थिक सहयोग
135835858_1330894033944841_3441842856562687395_n
पाल्पा- रोजगारीको लागि भारतमा गएका नेपाली समुहले सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको छ। पैसा कमाउनको लागि विगत २५ वर्षदेखि भारतको पंजावमा काम गर्दै आउनुभएका नेपाली समुहले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। निस्दी गाउँपालिका पाल्पाको मित्याल र झिरुबास स्थायी ठेगाना भइ भारतमा रहदै आएका नेपाली युवाहरुको समुहले विशेषगरी गरिब , अशक्त , महिला समूह , बाल क्लब , युवा क्लब तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ । यसैबीच धन कमाउनको लागि विदेश गएर पुर्ण अशक्त भएर फर्कनुभएको निस्दी गाउँपालिका वडा नम्बर ४ मित्याल , भोर्माका अशक्त व्यक्ति हस्तबहादुर खाम्चालाई आइतबार आर्थिक सहयोग प्रदान गरेको छ। सहयोग रकम २१ हजार ६५ रुपैयाँ प्रवासी बचत परिचालन समुह पंजाव , भारतका प्रतिनिधिहरुको टोलि खाम्चाको घरमै पुगेर प्रदान गरेको छ। सहयोग रकम समुहका उपाध्यक्ष चेत बहादुर सोमैले हस्तान्तरण गर्नुभएको थियो । आफुहरुले काम गरेर कमाएको केहि पैसा समुहमा जम्मा गरेर बचत गरेको र त्यस्को व्याजबाट खाम्चालाई सहयोग गरेको समुहका कोषाध्यक्ष धन बहादुर सुनारीले बताउनुभयो। हाम्रो समुहले अहिलेसम्म विभिन्न महिला समुह तथा युवा क्लबलाई भोजभतेरको लागि सजिलो होस भनेर थाल , कचौरा , हण्डी , ड्रम लगायतका भाँडाकुँडाका साथै बाल क्लब , साँस्कृतिक टोलि , गरिब तथा विपन्न परिवार व्यक्तिलाई सहयोग गर्दै आएको समुहका अध्यक्ष चाम बहादुर सुनारीले बताउनुभयो । पैसा कमाउनको लागि घरपरिवारबाट टाढा बसेर पनि सामाजिक क्षेत्रमा एउटा उदाहरणीय कार्य गरेको भन्दै निस्दीका समाजसेवी हेम बहादुर खाम्चा र नरेश सुनारीले प्रवासी बचत परिचालन समुहको प्रशंसा गर्नुभएको थियो । खाम्चाको बारेमा केही समय अगाडि विभिन्न संचार माध्यममा समाचार प्रकाशन , प्रशारण भएपछी सहयोग रकम प्राप्त हुँदै आएको छ। यसभन्दा अगाडि खाम्चालाई विभिन्न व्यक्ति र समूह मार्फत पनि सहयोग रकम प्राप्त भएको थियो । यसरी आफ्नो अवस्था देखेर आर्थिक तथा अन्य क्षेत्रमा सहयोग गर्नुभएका सबैप्रति खाम्चाले धन्यवाद प्रकट गर्नुभएको छ।
प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update