Erani Mahal
माग सुनुवाई नभएको भन्दै पाल्पाको कोरोना अस्पताल बन्द !
corona-lab-palpa
पाल्पा- कोरोना परीक्षण बन्द गरेर पाल्पा कोरोना अस्पतालका डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले अस्पताल प्रशासनलाई आफ्ना मागहरु राखेको भएता पनि कुनै सुनुवाइ नभएपछि आन्दोलनमा जानु परेको जनाएका छन् । आइतवार अस्पताल प्रशासन, जिल्ला प्रशासन, जिल्ला स्वास्थ्य कार्यालय, तानसेन नगरपालिका लगायतलाई बोधार्थ जारी गर्दै उनीहरुले ल्याव नै बन्द गरेर आन्दोलनमा उत्रिएको जनाएका छन् । १६ गते ल्यावमा कार्यरत कर्मचारीको विभिन्न मागहरुको जानकारी गराइएको र २५ गतेसम्मको अल्टिमेटम दिइएकोमा माग सुनुवाई नभएकाले आन्दोलन गर्नुपरेको ल्यावका इन्चार्ज खिमध्वज कार्कीले बताउनुभयो । उहाँले ल्यावमा कार्यरत कर्मचारीहरुको जोखिम भत्ता, सेवा सुविधा लगायतका विषयमा आफूहरुको असहमति रहेको तर अस्पताल प्रशासनले सुनुवाई नगरेपछि बाध्य भएर ल्याव नै बन्द गरेर आन्दोलन गर्नुपरेको बताउनुभयो । स्थायी कर्मचारीले सरकारले घोषणा गरेको जोखिम भत्ता पाएको तर अस्थायी करार जो फिल्डमा दिनरात खटिएको छ, त्यसलाई बन्चित गरेकाले आन्दोलन गरिएको आन्दोलनरत पक्षको भनाई छ । अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट डाक्टर जगदीश कुँवरलाई यस विषयमा सम्पर्क गर्न खोज्दा हामीले समाचार तयार पार्दा सम्म उहाँको मोवाइल स्वीच अफ् भएकाले सम्पर्क हुन सकेन ।
प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update