Erani Mahal
निस्दी रुक्सेभन्ज्याङमा सामुदायिक भवनको शिलान्यास
12
पाल्पा- निस्दी रुक्सेभन्ज्याङमा सामुदायिक भवनको शिलान्यास गरिएकाे छ । भवनकाे निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले शिलान्यास गर्नुभएको छ । निस्दी गाउँपालिका वडा नम्बर ४ मित्यालको रुक्सेभन्ज्याङमा बन्न लागेको सामुदायिक भवनको शिलान्यास गर्नुहुँदै अध्यक्ष सारुले भवन निर्माण कार्यमा सबै एकजुट भएर लाग्न अनुरोध गर्नुभएको छ। साथै सारुले सामुदायिक भवन सम्पन्न भएपछि जुनसुकै सार्वजनिक कार्यक्रम संचालन गर्न समस्या नहुने भन्नुहुँदै आगामी दिनमा पालिकाको तर्फबाट थप सहयोग हुने बताउनुभयो । भवन निस्दी गाउँपालिका पाल्पाको ६ लाख ३० हजार अनुदान र ७० हजार जनसहभागिता गरि कुल ७ लाखको लागतमा निर्माण हुन लागेको हो। उपभोक्त समितिका अध्यक्ष सन्तविर सुनारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहबिर खन्गहाले गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update