Erani Mahal
पाल्पा र गुल्मीका २७ जना शिक्षकलाइ पाठ्यक्रम सम्बन्धि तालिम
te
पाल्पा- शिक्षा तालिम केन्द्र रुपन्देही,लुम्विनी प्रदेशको आयोजनामा तानसेनमा टिपिडी ढाँचामा आधारित एकीकृत पाठ्यक्रम सम्वन्धी तालिम पाल्पा र गुल्मीका शिक्षकहरुलाई दिइएको छ । शिक्षा तालिम केन्द्र पाल्पामा दश दिन सम्म भएको तालिमको विहिबार एक कार्यक्रमका बिच समापन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेशराज पौडेलले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिदै विद्यालयको शैक्षिक गुणस्तरमा तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे । शिक्षा तालिम केन्द्र पाल्पाका प्रशिक्षक गोपाल प्रसाद बस्यालले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयाे । उहाँले टिपिडि ढाँचामा आधारित एकीकृत पाठ्यक्रममा आधारित तालिमको प्रभावकारिता बारेमा बताउनुभयाे । समापन समारोहमा टिपिडी तालिममा सहभागीको तर्फबाट कृष्ण पंगेनी र हुमा ज्ञवालीले तालिम समग्रमा समय सान्र्दभिक रहेको बताएका छन् । उनीहरुले यो तालिम शिक्षकहरुका लागि फलदायी र निकै प्रभावकारी रहनेमा जोड दिए । तालिममा गुल्मीबाट १७ जना र पाल्पाबाट १० गरी २७ जना शिक्षक/शिक्षिकाहरुको उपस्थिती रहेको थियो । उनीहरु प्राथमिक तहमा अध्यापन गराउने शिक्षक तथा शिक्षिकाहरु हुन् । तालिममा आधारभूत तह कक्षा (१–३)को पाठ्यक्रम शिक्षकको पेसागत विकास (टिपिडी)ढाँचामा आधारित एकीकृत पाठ्यक्रम अन्र्तगत मेरो नेपाली, मेरो गणित, हाम्रो सेरोफेरो र मेरो अंग्रेजी विषयमा प्रशिक्षक गोपाल प्रसाद बस्याल, प्रशिक्षक मनोज सिर्मलले तालिमको सहजीकरण गरेका थिए । केन्द्रका लेखापाल सुरेशमान बुद्धचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।
प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update