Erani Mahal
पाल्पाबाट नेकपाले बुझायो प्रधानमन्त्रीलाई संविधान !
samidhan 2072
पाल्पा- नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) पाल्पाले संसद विरुद्धको कदम असंवैधानिक ठहर गर्दै केन्द्रीय कार्यक्रम अनुसार पाल्पामा पनि प्रधानमन्त्रीलाई संविधान पठाएको छ । संविधान विपरित रहेको संसद विघटन खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई संविधान पढ्न लगाउनको लागि संविधान पठाइएको हो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने मार्फत प्रधानमन्त्रीलाई संविधान सहितको ज्ञापन पत्र बुझाएको जिल्ला सचिव राजेन्द्र विकले बताउनुभयो । ज्ञापन पत्र बुझाउने क्रममा केन्द्रीय सदस्य ठाकुर गैरे, पूर्व सांसद यादव रायमाझी लगायतको उपस्थिति रहेको थियो । पौष ५ गते एकतर्फी रुपमा संसद विघटन गरेपछि प्रधानमन्त्री ओलीको चौतर्फी विरोध हुँदै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update