Erani Mahal
तिनाउको कोलाङ्मा स्वास्थ्य इकाईको स्थापना
kolag (1)
पाल्पा - तिनाउको कोलाङ्मा स्वास्थ्य इकाईको स्थापना भएको छ । वडा नंं ६ को कोलाङ्मा स्थापना भएको स्वस्थ्य इकाईको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले एक कार्यक्रमका बीचमा उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै अध्यक्ष घर्तीले स्वास्थ्य आधारभूत र मौलिक हक भएकाले सबै नागरिकले निशुल्क स्वास्थ्य सेवा र औषधी प्राप्न गरुन भनी दुर्गम गाउँमा इकाई स्थापना गरिएको बताउनुभयो । काउर्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, प्रवक्ता राजेश श्रेष्ठ, वडा अध्यक्ष दलबहादुर दर्लामी लगायतले स्वास्थ्य इकाई संचालनको बारेमा धारणा राख्नुभयो । स्वास्थ्य इकाईबाट कोलाङ्, चिदिस र बेल्डाँडाका २ सय घर परिवार लाभान्वित हुनेछन् । पालिकामा ४ वटा स्वास्थ्य चौकी रहेका छन् भने १० वटा स्वास्थ्य इकाईहरु संचालनमा आएका छन्, जसका कारण दुइघण्टा भन्दा बढी समय हिडेर स्वास्थ्य केन्द्र पुग्नुपर्ने बाध्यता हटेको अध्यक्ष घर्तीले रानीमहललाई जनाउनुभएको छ । वडा अध्यक्ष टोमबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संचालन स्वास्थ्य शाखाका कृष्ण कार्कीले गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update