Erani Mahal
निस्दीको विद्यालयमा अर्धवार्षिक परीक्षा सुरु
exam
पाल्पा - निस्दी गाउँपालिका पाल्पाका सबै विद्यालयहरुमा आज देखि अर्धवार्षिक परीक्षा सन्चालन सुरु भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण लामो समय सम्म विद्यालय सन्चालन हुन नसके पनि परीक्षा सन्चालन हुने भएको हो । केही दिन पालैपालो गरेर विद्यार्थीलाई पठनपाठन गरेको निस्दीको विद्यालयले मंसिर महिना देखि नियमित विद्यालय सन्चालन गरेका हुन् । यस वर्ष पाठ्यक्रम समायोजन गरि पठनपाठन गर्न सबै विद्यालयहरुलाई जानकारी गराइएको स्रोत व्यक्ति नर बहादुर थापाले बताउनुभएकाे छ । जम्मा ५४ वटा विद्यालय रहेको निस्दी स्रोत केन्द्रमा कक्षा १ देखि १० सम्मका करीब ५ हजार जना विद्यार्थीहरुले पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा दिने शिक्षा अधिकृत प्रमोद यादवले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update