Erani Mahal
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
tiper
पाल्पा - पाल्पामा आईतबार (आज) भएको टिप्पर दुर्घटनामा चालकको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका –३ खस्यौलीमा आज दिउँसो ३ः३० बजे भएको टिप्पर दुर्घटनामा चालक रैनादेवी छहरा गाउँपालिका –५ का ४० वर्षीय रामु बहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ट्राफिक प्रमुख उपेन्द्र बुढाथोकीका अनुसार, हार्थोक हुँदै सिद्धेश्वरतर्फ जाँदै गरेको लु २ ख २१७१ नम्वरको टिप्पर दुर्घटना भएको हो । टिप्परमा चालक मात्र रहेको उहाँले बताउनुभयो । टिप्पर सडकभन्दा करिब १ सय मिटर तल खसेको छ ।
प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update